आर्थिक

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकममुक्तिनाथ रेमिटको करिब चार हजार एजेण्टबाट सजिलै भुक्तानीगर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाईथपलाभहुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथविकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्मलागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत भाग्यशाली विजेताहरुमध्ये १ जनालाई स्कुटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेरेटर, ७जनालाई ३२’’ टि.भी., १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदानगर्ने बैंकले जनाएको छ ।