समाचार

जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छः गगन थापा

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले कानुनी राज्य स्थापना गर्न जोसकैलाई पनि कारबाही गनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै मो अफ्ताव आलम प्रकरण सम्बन्धमा धारणा राख्दै उनले ‘काँग्रेस वा जोकोही होस, जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ’, भनेका छन् । अनुसंधान गदरेपछि त्यसको अन्तिम टुंगो न्यायालयले गर्ने भन्दै त्यसको लागि सबैको सहयोग नागरिक स्तरबाट सहयोग जरुरी हुने दाबी गरेका छन् । उनले सभापति देउवाले हिजो बोलेका अफ्तावका बिषयमा बोलेकान कुरा नितान्त ब्यक्तीगत भएका र काँग्रेसको आधिकारिक धारणा नभएकोे बताएका छन् ।
सभापति देउवाको हिजोको धारणाका बिषयमा आज सभापति देउवाले आफूले कसैलाई अनुसंधान गर्न नहुने भनेर नभनेको र आवश्यक पर्छ भने जो सुकैलाई पनि प्रहरीले अनुसंधान गर्न सक्छ भन्ने कुरा गरेको भन्दै विज्ञप्तीमार्फत स्पष्ट गरिसकेका छन् ।

जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ।
दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ। निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो।
यही हो काँग्रेसको धारण।
बाँकी सबै व्यक्तिगत धारणा हुन।‬