राजनीति

सभापति देउवा उपस्थित कुनैपनि कार्यक्रममा जान्न, जम्का भेटभए कहिल्यै नमस्कार गर्दिनः साहित्यकार पाण्डे

काठमाण्डौ । साहित्यकार नयनराज पाण्डेले आफू काँग्रेस सभापति शेरबहादुर देउवा जाने कुनैपनि कार्यक्रममा नजाने निर्णयमा पुगेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीट्रमा ट्वीट गर्दै उनले देउवालाई कहिल्यै नमस्कार पपिन नगर्ने उनी उपस्थित कार्यक्रममा कहिल्यै नजाने एकल निर्णय गरेको बताएका हुन् ।
चर्चित लेखक पाण्डेले केहिदिन अगाडी काँग्रेस नेता एवं साँसद मो. अफ्ताव आलमलाई रौतहट प्रहरीले पक्राउ गरी अनुसंधान गरिरहेको घटनामा सभापति देउवालई १२ बर्षदेखीको मुद्धा ब्यूताएर नेकपा सरकारले फसाएको र उक्त कदम गलत भएको बताएको कुराको प्रतिकृया स्वरुप अपराधलाई राजनीतिक आवरण दिने जोसुकै हुन्, तीप्रति घृणा छ भन्ने अभिब्यक्ती दिएका छन् ।

उनको स्टाटस्, ‘कतै जम्का भेट भैहाले पनि शेरबहादुर देउवालाई ‘नमस्कार’ नगर्ने र यिनी उपस्थित हुने कुनै कार्यक्रममा कहिल्यै नजाने एकल निर्णय गरियो। अपराधलाई राजनीतिक आवरण दिने जोसुकै हुन्, तीप्रति घृणा छ। भावुकतानै सही, यति रिस पाल्न म स्वतन्त्र छु। मेरो चेतनामा मेरै हक लाग्छ, मेरै शासन चल्छ।’