राजनीति

जनप्रतिनिधिहरुको राजा–महाराजा शैलिको ब्यबहारले मुलुक चुर्लुम्म ऋणमा डुब्योः दाहाल

काठमाडौं । नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तारानाथ दाहालले जनप्रतिनिधिहरुको सेवा सुविधा मुलुकको आर्थिक अवस्था अनुसार हुनुपर्ने बताएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत दाहालले जनप्रतिनिधिहरुले पाउने सुबिधा र पारिश्रमिक देशको आर्थिक स्थिति अनुकुल हुनुपर्नेमा जोड दिएका हुन् ।

मुलुक ऋणमा ढुबेको र नागरिक करको भार थेग्नै नसक्ने हालत रहेको उनले उल्लेख गरेका छन् । साथै उनले मुलुकका प्रतिनिधिको राजा– माहाराजा शैलिको ब्यबहारका कारण यस्तो भएको बताए ।

नागरिक सामान्य सेवा लिन पनि अनेक शुल्क तिर्न र घुस दिन बाध्य रहेको बताए । नागरिकको यस्तो वस्थामा यता गाडी,पिए,भव्य फर्निचर,बिदेश भ्रमण,आवास घर,स्वाथ्य सेवाको पैसा,भत्ता आदीले आक्रोस थपेको बताएका छन् ।

उनको ट्वीटरः जनप्रतिनिधिहरुले पाउने सुबिधा र पारिश्रमिक देशको आर्थिक स्थिति अनुकुल हुनुपर्छ। देश ऋणमा छ।नागरिक करको भार थेग्नै नसक्ने हालतमा छन।सामान्य सेवा लिन पनि अनेक शुल्क तिर्न र घुस दिन बाध्य छन।अनि गाडी,पिए,भव्य फर्निचर,बिदेश भ्रमण,आवास घर,स्वाथ्य सेवाको पैसा,भत्ता आदीले आक्रोस थपेको छ ।