आर्थिक

नेपाल चेम्बर र पी. एच.डी चेम्बरबीच व्यापार र लगानी अभिवृद्धि सम्बन्धमा छलफल

काठमाडौं । भारत भ्रमणको अवसरमा नयाँदिल्ली स्थितपि.एच..डी. चेम्बर अफकमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरु बीच सहकार्य गराउनुपर्ने, व्यापार मेला÷प्रर्दशनीमा सहभागिता जनाउनुपर्ने र आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतिय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गरेका छन् ।

साथै दुई मुलुकबीच प्रावधिक सीप एंव दक्षताको आदान–प्रदान हुनुपर्नेमा जोड दिदै यसबाट लगानी अभिवृद्धि भई “सुखि नेपाली समृद्ध नेपाल”को सपना साकार हुने विश्वास व्यक्त गरेका छन् । साथै पर्यटन प्रबद्र्धनको सन्दर्भमा“नेपाल भ्रमण वर्ष २०२०”माभारतबाट उल्लेख्यपर्यटक आउने अपेक्षा रहेको, कृषि क्षेत्र हर्बल, शिक्षा र स्वास्थ्यको क्षेत्रमाआपसी सहयोग वृद्धि गर्ने क्षेत्रहरु रहेको बताए ।

नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतित्थ्यता मा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि पूर्व राजदूत तथा इन्डिया नेपाल सेन्टर, पी.एच.डी,का अध्यक्ष के.भी. राजनले नेपालसँगभारतको घनिष्ट सम्बन्ध रहेको र यसबाट लगानी र व्यापार एंव आर्थिक कृयाकलापमा वृद्धि गर्न यस्ता कार्यक्रमले ठोस सहयोग पु¥याउने बताए ।
साथै उनले इन्डिया नेपाल सेन्टरको स्थापनामा चेम्बर सह संयोजकभई कार्य गरिरहेको र यसमा आगामी दिनहरुमा थप तीब्रता आउने आशा एंव विश्वास राखे । उक्त अवसरमा पी.एच.डी. चेम्बर अफकमर्स एण्ड इन्ड्रष्ट्रिजका अध्यक्ष डा. डि.के. अग्रवालले भारतको नेपाल सँग परापूर्वकालदेखि सास्कृतिक, आर्थिक एंवव्यापारिक सम्बन्ध रहेको र दुई चेम्बरबीच सहकार्य गरी यो सम्बन्ध अघि बढी मजबुत गर्न लगानी, पर्यटन व्यापारमाजोड दिनआफू र आफ्नो संस्था इन्डिया नेपाल सेन्टर मार्फत र द्धिपक्षिय रुपमा समेत तैयार रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि भारती राजदुत मन्जिभ सिंह पुरीले दुबै देश बीच आर्थिक एंवव्यापारिक सम्बन्ध लगानी अभिवृद्धि एंवपर्यटन प्रबद्र्धनमा आवश्यक सहयोग गर्न आफू सदा तत्पर रहेको बताएका थिए ।

सो अवसरमान याँदिल्ली स्थित नेपाली राजदुतावासका मिनिष्टर (इकोनोमिक) नीता पोखरेल अर्याल, नेपाली व्यवासायीक प्रतिनिधिमण्डलका सदस्यहरु उद्यमी, व्यवशायी, रिभर्सबायर सेलर मिटका सहभागि प्रतिनिधीहरुको समेत उपस्थिती थियो ।