खेलकुद

ग्रिडउड युनाईटेडमै रहन तयार

एजेन्सी । युवा स्टार मासन ग्रिनउड म्यानचेष्टर युनाईटेडमै रहन तयार भएका छन् । ग्रिनउडले प्रिमियर लिग क्लब युनाईटेडसंग नयाँ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उनी सन् २०२३ सम्म युनाईटेडमा रहन तयार देखिएका हुन् । १८ बर्षका ईङ्ल्याण्डका युवा स्टार युनाईटेडकै एकेडेमीका उत्पादन हुन् । उनी ईङल्याण्डको यू–२१ टिममा समेत रहेका छन् । उनले गत मेमा प्रिमियर लिग क्लब कार्डिभ सिटीविरुद्व डेब्यु गर्ने मौका पाएका थिए ।

युनाईटेडकै प्रशंसकहरुसंग हुर्कन पाउँदा र पहिलो टिमबाट खेल्न पाउँदा साँच्चिकै सपना साकार भए जस्तो लागेको छ । ग्रिडउडले भनेका छन् । ग्रिनउड एकेडेमीका १२ औ खेलाडी हुन्, जसलाई प्रशिक्षक आले गुनर सोल्सायरले यो सिजनका लागि टोलीमा समावेश गरेका छन् ।

उनले ब्यवसायीक रुपमा सन् २०१८ मा क्लबसंग पहिलो सम्झौता गरेका थिए । युवा अवस्थामै उनीसंग उत्कृष्ट पेश छ । उनी प्राकृतिक रुपमै राम्रो फिनिसर हुन् ।ु सोल्सायरले भनेका छन् । उनी जब पहिलो टिममा आए । उनले सबैलाई प्रभावित बनाए । एउटा शीर्ष खेलाडीमा हुनुपर्न सबै गुण उनीमा छ ।ु सोल्सायरले थपे ।