समाचार

तरुण दलले ६७ बर्षे स्थापना दिवशमा कात्तिक १० गते भब्य चियापान कार्यक्रम गर्ने गर्यो निर्णय

काठमाण्डौ । नेपाली काँग्रेसको सशक्त भातृसंस्था नेपाल तरुण दलले दल ६६ बर्ष पुरा गरी ६७ बर्ष पुग्न लागेको अवशरमा शुभकामना तथा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । आज दलको  केन्द्रीय कार्यालय कालिमाटीमा बसेको बैठकले रचनात्मक एवं श्रृजनात्मक कार्यक्रम गरेर मनाउने निर्णय गर्दै कात्तिक १० गते काँग्रेस केन्द्रीय कार्यालयमा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गर्न लागेको हो ।

तरुण दल केन्द्रीय समिति बैठक

भ्रष्टाचार विरुद्ध सडक आन्दोलन गर्न काँग्रेसलाई ब्याक बोनको रुपमा स्थापीत भएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जारी गरेको विज्ञप्तीमा भनेका छन्, उक्त अवशरमा रक्तदान, प्रभातफेरी, खेलकुद, चियापान, विचार–गोष्ठी, र्याली लगायतका कार्यक्रम गरी १० गते कार्यक्रम गर्ने निर्णय भएको छ, सबैलाई उपस्थितिका लागि अनुरोध छ ।’

अध्यक्ष जित्जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, कोषाध्यक्ष विद्वान गुरुङको उपस्थिितमा भएको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । २५ गते शनिबार पार्टी केन्द्रद्वारा भर्खरै केन्द्रीय कार्यालय सानेपामा आयोजित चियापानमा समेत उत्कृष्ठ ब्यवस्थापन गरेको थियो ।