आर्थिक

अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिन्छौंः सिईओ गुरुङ

काठमाण्डौ । “समृद्धिको लागिसिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले काठमाडौें, काँडाघारी–पेप्सीकोलामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रताप जङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुतm रुपमा गरे ।

शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकको संचालक प्रतापजङ्ग पाण्डेले गरेका थिए भने प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापा, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंककाप्रदेश नं ३ का प्रदेश प्रमुख भोलाबहादुर विष्ट तथाअन्य विशिष्ट पदाधिकारीहरु,सो क्षेत्रका राजनैतिकब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखालेथपउर्जा प्रदानगर्ने कुरा प्रस्ट पारे तथा कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर बिन्दु सिंखडाले सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्विगर्दै जाने कुरा पनि बताए ।

कार्यक्रम सभापति तथा सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डेले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । यस भेगकानागरिकको सेवाको लागिसिभिल बैंकले सेवाविस्तार गर्न पाएकोमाउहाँले खुसीब्यक्तगरे ।

सोही समारोहमा सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई २५ हजारको चेक पनि हस्तान्तरण गरिएको थियो ।

बचतकर्ताहरुले समानमासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभपाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।