राजनीति

जतिसुकै कठिन परिस्थिती आए पनि सत्यको बाटो नछोड्न डा कोईरालाको कार्यकर्तालाई आग्रह

बिराटनगर। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जतिसुकै कठिन परिस्थिती आए पनि सत्यको बाटो नछोड्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

आफु सत्यको बाटोमा हिडिरहेको बताउॅदै डा कोइरालाले भने, ‘जस्तो सुकै अप्ठ्यारो अवस्था आएपनी सतमार्गको बाटो छोड्दिन र एक ईन्च पनी डगमगाउॅने छैन। यही सत्यको मार्ग नै मेरो राजनीतिको लक्ष्य हो।’

नेपाली कांग्रेस मोरङ् क्षेत्र नं–६ (ख) ले बिराटनगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई संवोधन गर्ने क्रममा डा कोइरालाले सरकारले नै सहकार्य र सहमतीको बाटो बन्द गरेकाले मुलुक जटिलता तर्फ धकेलिएको बताए। उनले भने, ‘राष्ट्रियता र लोकतन्त्र बलियो बनाउॅने कार्यका लागी कांग्रेसले सहकार्य र सहमतीको ढोका सधै खुला राखेको छ।‘

कार्मायक्रममा प्रदेश–१ का अर्थमन्त्री ईन्द्र आङ्बो, प्रदेश–१ का प्रहरी प्रमुख ठाकुर ज्ञवाली, अन्य राजनितीक दलका नेता लगायतको समेत सहभागिता रहेको थियो ।