मनोरञ्जन

वर्षा र अलिशाको ‘बरिलै’ लाई दश लाख (भिडियो)

काठमाण्डौ । हाल अमेरिकामा रहेकी गायिका नविता पौड्यालले केहि दिन अघि सार्वजनिक गरेको म्युजिक भिडियो ‘बरिलै’ छोटो समयमै मिलियन कल्वमा प्रवेश गरेको छ । भिडियोले दर्शक स्रोताबाट ५०० बढि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ भने मिडिया हाउस बाट पनि राम्रो साथ पाइरहेको छ ।

नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायनलाई सोर्ताले रुचाएका छन् भने टिकटक बाट भाइरल भएका अमर र अमृतलाई समेत दर्शकले मन पराएका छन् ।

‘बरिलै’ बोलको यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ । दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन ।

भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ भने जुम्ल्याहा दाजुभाई अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।