समाचार

भ्रष्टचारीलाई कारबाहि गर्ने संस्कार नबने राजनीति अपराध संरक्षण गर्ने थलोः दाहाल

काठमाडौं । नेपाल पत्रकार महांसघका पुर्व अध्यक्ष तारानाथ दाहालले भ्रष्टचारीलाई कारबाहि गर्ने संस्कार नबने  सम्म राजनीति अपराध संरक्षण गर्ने थलो हुने बताएका छन् ।  उनले गलत कार्य अपराध तथा अपराध, भ्रष्टचार गर्ने जुनसुकै पार्टिका नेता तथा कार्यकर्ता भएपनि कानुनी कारबाहि गर्नुपर्ने बताएका हुन्। 

भ्रष्टाचार र फौज्दारी अपराधमा आरोपित नेता –कार्यकर्तालाई सम्बन्धित पार्टीले बिश्वसनीय संयन्त्रबाट समयमै छानबिन गरेर दोषी देखिए कानूनी कारबाहीलाई मार्ग प्रशस्त गर्ने संस्कार नबसेसम्म पार्टीहरु अपराधीहरुको अखडा बनिरहने उनले बताए ।

सामाजि सञ्जाल ट्वीटरमार्फत उनले दलहरु स्वयं लोकतन्त्र र मानब अधिकारका लागि चुनौति बनिरहने पनि बताएका छन् ।

उनको ट्वीटरः भ्रष्टाचार र फौज्दारी अपराधमा आरोपित नेता(कार्यकर्तालाई सम्बन्धित पार्टीले बिश्वसनीय संयन्त्रबाट समयमै छानबिन गरेर दोषी देखिए कानूनी कारबाहीलाई मार्ग प्रशस्त गर्ने संस्कार नबसेसम्म पार्टीहरु अपराधीहरुको अखडा बनिरहन्छन।दलहरु स्वयं लोकतन्त्र र मानब अधिकारका लागि चुनौति बनिरहन्छन ।