प्रवास

एनआरएन सम्मेलनः अहिलेसम्मको मतगणनामा काँग्रेसका कुलले नेकपाका कुमारलाई पछि पारे

काठमाण्डौ । ब्यापक बिबादका बिच सम्पन्न गैर आवाशीय नेपाली संघको नवौं महाधिवेशनको अहिलेसम्मको मतगणनामा काँग्रेस निकट कुल आचार्यले अग्र स्थान कायम गरेका छन् । नेकपा निकट मानिएका कुमार पन्तलाई पछि पार्दै कुलले अग्रस्थान कायम गर्न सफल भएका हुन् ।
बिहीबार अबेरबाट गन्न थालिएको मत केहीबेरमा सम्पन्न् हुने भन्दै निर्बाचन अधिकृत शिव रिजालले भने अहिले सम्म कुल अगाडी हुनुहुन्छ, मतगणना सकिउन्जेल सम्म के हुन्छ थाहा छैन । ४२ पदका लागि ७६ जनाले उमेर्द्वरी दिएको एनआरएन निर्बाचनमा दुई उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त समूहबीच भीडन्त छ । पछिल्लो मतगणना आउँदा सम्म आशिनिया र अफ्रिका क्षेत्रको मतगणना समपन्न भएको जनाईएको छ ।