मनोरञ्जन

न्यूयोर्कका चर्चित यूवा गायक रोकेश गुरुङको परी गीत सार्वजनिकः प्रियंका कार्कीको साथमा

काठमाडौं । बिश्व कै सम्राट राज्य न्यूयोर्कमा बस्दै आएका चर्चित यूवा गायक रोकेश गुरुङको परीगीत गत अक्टोबर ८ दशैको दिन सार्वजनिक भएको छ । उनले उक्त परी गीत उनको आउदै गरेको प्रथम एल्वम ९गीति संग्रह ०मायाबाट निकाली सार्बजनिक गरेका हुन् ।

उक्त गीतमा नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीको अभिनय गरेकी छिन् । स्मरण रहोस ,गुरुङले गत बर्ष सन् २०१८ को प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्रुअरी १४ का म सक्दिन नामक गीत सार्वजनिक गरेका थिए ।

परी गीतमा शब्द तथा सङ्गीत स्वयम गायक रोकेश गुरुङको रहेको छ । यसै गरि अवधारणा तथा निर्देशन स्वयम् गायक रोकेश गुरुङ तथा कुञ्चोक शेर्पाले गरेका छन् । ध्वनि सम्मिश्रण दिवस गुरुङले गरेका छन् भने सम्पादन तथा रंग श्रेणीकरण ग्रेडिंग कुन्चोक शेर्पाले गरेका छन् । उत्पादन हाम्रोकिल्कको रहेको छ भने उत्पादन सहायकहरुमा बिजे गुरुङ तथा संजय घले रहेका छन् ।

गुरुङ गायक,रचनाकार,डिजे,संगीतकार,गिटारिस्ट ,व्यवसायी,कुकुर प्रेमी तथा केटिएम इन्टरटेन्टमेन्टका संस्थापक पनि हुन् । अमेरिकाको मिनेसोटाबाट एमबिए बाणिज्य प्रशासनमा स्नातकोतर गरेका गुरुङ मिनेसोटामा रहदा नेप्लिज स्टुडेन्ट एसोसिएसन नेपाली बिद्यार्थी संघ का अध्यक्ष समेत रहेका थिए ।

गायक गुरुङ हाल लुक्सो कम्पनि प्रतिष्ठान महा प्रबन्धक तथा मनाङ्ग समाज युएसएका अध्यक्ष समेत हुन् । यसको अतिरिक्त गुरुङ चर्चित डिजे पनि हुन् भने अमेरिकामा नेपाली सुप्रसिद्ध कलाकारहरु फिरोज श्याङ्गदेन ,एड्रिएँन प्रधान ,नरेन लिम्बु तथा दिवस गुरुङका सांगीतिक कार्यक्रममा गिटार बजाउने थुप्रै अवसर पाएका छन् ।

कलाकारको साथै गुरुङ समाजसेवी पनि हुन् भने नेपालमा अन्धाबालबालिका तथा सडकमा हिडडूल गर्ने बालबालिकालाई सहयोग गर्दछन ।  

 

गितको भिडियोः