आर्थिक

शिवम् सिमेन्टको उपभोक्ताहरुलाई दीपावलीमा चाँदी उपहार

काठमाण्डौ । गुणस्तरीय सिमेन्ट उत्पादककम्पनीशिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महानपर्वतिहारको अवसरपारेर सम्पूर्ण ग्राहकहरुलाई दीपावलीको शुभकामना व्यक्त गर्र्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा”नामक विक्री योजना बजारमा ल्याएको छ ।

यस योजनाअन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५०बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्रामचाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम शुरु गरेकोछ । यो योजना सिमित अवधिकोलागि नेपाल अधिराज्यभर लागू गरिएको छ ।

सिमेन्ट जगतमा विगतलामो समयदेखि गुणस्तरीय असली ओ.पि.सि. सिमेन्ट उत्पादनगर्दै, निमार्ण क्षेत्रमा लोकप्रियता हासिलगर्र्न सफलशिवम् सिमेन्टले चाँडपर्व लक्षितगरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदानगर्दै आइरहेको छ । सोहि अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षितगर्दै चाँदीको सिक्कार चाँदीको दियो उपहार स्वरुपप्रदानगर्ने योजना ल्याएको हो । दिपावलीको शुभकामनासँगै यो तिहार सबैका लागिविशेष तिहारहोस् भनी सम्पूर्ण ग्राहकवर्गमा खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ । असली इएऋ शिवम् ब्राण्डकोनामबाट परिचितशिवम् सिमेन्टप्रति ग्राहकवर्गहरुले गर्नु भएकोविश्वास र मायालाई युगौँ युगसम्म कायमराख्ने प्रयत्नगर्ने विशवास कम्पनीले लिएको छ ।

शिवम्सिमेन्ट लिमिटेडले गुणस्तरमा कहिल्यै सम्झौतानगरौं अर्थात क्वालिर्टी को मामलामा नो कम्प्रोमाईज को नारा सहितविभिन्न क्षेत्रहरु जस्तै स्वास्थ्य, शिक्षा,खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्ता क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी समेन्ट हो ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् समेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादनगरी बिक्री वितरण गर्दै आएको छ ।