आर्थिक

भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटलको जारी पूँजीमा ५१ प्रतिशत शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो ।

मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागिमुक्तिनाथ कृषिकम्पनी र पूँजीबजार प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ ।

समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजीबजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदानगर्ने बैंकले लक्ष्य लिएको छ । हाल बैंकले १२३ शाखाकार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र सानातथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।