आर्थिक

राष्ट्रिय वाणिज्य बैंकद्धारा युवा लक्षित कार्यक्रमको शुरुवात

काठमाण्डौ । गर्भीलो इतिहास बोकेको देशकै सरकारी बैंकले विशेष गरी युवा वर्गहरुको लागि गर्नुपर्ने सामाजिक उत्तरदायीत्व अन्तर्गत आज एक समारोह बिच RBB Empowerment Academy को शुरुवात गरको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन् ।

यस एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा संचालन गर्दैछ । पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं.३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाण्डौ स्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृतिविकाशका लागी र समाजलाई केही योगदान दिने उद्देश्यले हाम्रो सामाजीक उत्तरदायीत्व निर्वाह गर्दै यो तालिम केन्द्रको शुरुवात गरीएको कुरा बताउनुभयो ।

वित्तिय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा , रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको वृतिविकाशमा धेरै सहयोग गर्ने कुरामा विश्वास्त भए ।
सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै अन्य प्रदेशहरुमा पनि संचालन गर्ने बैंकले जनाएको छ ।