मनोरञ्जन

गायक लिम्वुको “शुभ कामना “गीतको भिडियो सार्वजनिक

काठमाण्डौ । प्रसाद डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सुनिता थेगिम र गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक पनमा आधारित रहेको गीतमा नेपालीहरुको महान पर्व हरितालिका पर्वले आपसी रुपमा सदभाव र भातृत्वको भावना जागृत रहोस भन्ने कामना गीतमा रहेको छ ।

मौलिक बाजा र मौलिक भेष भुषालाई गीतमा प्रयोग गरिएको छ । निकै आकर्षक रुपमा तयार परिएको गीतमा अर्जुन थापाको शब्द तथा गजेन्द्र लिम्बुको संगीत रहेको छ । सुशिल डाँगीको छायाँकन, हिमाल सागर हिमाङको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ ।
गीतको पुरा भिडियो