समाचार

विप्लव नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज सहित २१ नेता कार्यकर्ता दाङबाट पक्राउ

दाङ । दाङबाट नेत्रविक्रम चन्द ‘नेतृत्वको नेपाल कमयुनिष्ट पार्टिका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यहाँ नेकपाको बैठक भइरहेको प्राप्त गोप्य सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले गएराति १ः०० बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विप्लव नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजङ्ग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सुवास बाठा, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्ता रहेका छन् । चन्द ‘विप्लव’ का दाजु हुन् ।