प्रवास

एनआरएनएको मतदान केहिबेरमा सुरु हुँदैः मेसिन विग्रिएपछि कागजी प्रक्रियाबाटै

काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनमा नयाँ कार्यसमिति चयनका लागि केहिबेरमा मतदान हुँदै छ ।

बुधबार बेलुका स्थगित भएको मतदान आज १० बजेदेखि हुने भएको हो । तर, आज हुने भनिएको मतदान विद्युतीय प्रक्रियाबाट नहुने बताईएको छ । आयोगले एक सुचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

विद्युतीय प्रक्रियाबाट बुधबार साँझ करिब साढे ८ बजे सुरु भएको मतदान करिब आधा घन्टा चलेपछि मेसिनमा आएको खराबीका कारण स्थगित भएको थियो ।

स्थगित मतदान बिहीबार बिहान साढे १० बजे देखि दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । विहीबार हुने मतदान भने विद्युतीय मेसिनबाट नभइ कागजी प्रक्रियाबाटै हुने पनि समितिले जनाएको छ ।

मतदान ढिला सुरु भएको अनि मेसिन विग्रिएको जानकारी पाएपछि बुधबार साँझ सम्मेलन स्थलमा नाराबासी र तोडफोड भएको थियो ।