राजनीति

एनआरएनले गरेको हायात होटलको तोडफोड र कुर्शी भाँचाभाँचमा डा भण्डारीको असन्तुष्टी

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् नेता डा. चन्द्र भण्डारीले विदेश बसेका नेपालीहरुलाई नयाँ कुरा सिकाउलान भन्ने लागेपनि उनीहरुले बुधबार हायात होटलमा गरेको तोडफोड र हुलदुंगा देख्दा त्यो आशा मरेर गएको बताएका छन् । नेता भण्डारीले हेर्दा सुकिला मुकिला देखिने विदेशमा बस्ने र हुर्केका टाईसुटमा सजिएका एनआरएनहरुको उक्र हर्कतप्रति तीखो प्रहार गर्दै एनआरएन अधिवेशनका क्रममा भएको कुर्शी भाँचाभाँच र तोडफोडको घटनाको बिरोध गरेका हुन् । उनले यस्तो परम्परा कहिले सुधार्ने भन्दै हामी कहिले सुुध्रिने भन्दै प्रश्न समेत गरेका छन् ।

उनले स्टाटस लेख्दै भनेका छन्ः ‘गैर आवासिय नेपालीहरु को सम्मेलनमा उपस्थित विदेशमा हुर्केका बसेका बाहिरबाट हेर्दा सुकिला अनुशासित मर्यादित जस्ता देखिने टाई सुटमा सजिएका आफ्नो देशका नेपालीलाई केहि सिकाउलान भन्ने आशा पनि निराशामा परिणत भयो । हामी कहिले सुध्रिने ???’