राजनीति

पछिल्लो समय राजनीतिमा पैसा र पहुँच हुनेहरुको हैकम देखिनु गलतः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा नैतिकताको खडेरी देखिएको बताएका छन् । राजनीतिमा पैसा, पहुँचमा मात्रै काम हुने र हत्या, हिंसा, भ्रष्टाचार मात्रै देखिएका बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता पौडेलले सिद्वान्तको राजनीति कहिह्पनि नदेखिएको भन्दै दुः ख व्यक्त गरेका छन् । उनले आफ्नो पार्टी नेपाली कांग्रेसको अवको लक्ष्य भनेको राजनीतिलाई सम्मानित बनाउने रहेको बताएका छन् । साथै उनले राजनीतिलाई सम्मानित बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड पनि दिएका छन् ।

उनको ट्वीटरः राजनीतिमा नैतिकताको खडेरी परेको छ । पैसा, पहुँचमा मात्रै काम हुन्छ । हत्या, हिंसा, भ्रष्टाचार मात्रै देखिन्छ । सिद्वान्तको राजनीति देखिन्न त्यसैले हाम्रो लक्ष राजनीतिलाई सम्मानित बनाउने हो । राजनीतिलाई सम्मानित बनाउन सबैको साथ र सहयोग आवश्यक छ ।