अन्तर्राष्ट्रिय

मापसे गरेर सवारी चलाउने साढे दुई लाखलाई कारबाही

एजेन्सी । चीनमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने झण्डै साढे दुई लाख जना एक वर्षमा कारबाहीमा परेका छन् ।

चिनियाँ प्रहरीले बुधबार दिएको जानकारी अनुसार कूल दुई लाख ४७ हजार जनालाई मापसे गरेर सवारी चलाएकोले कारबाही गरिएको हो । सार्वजनिक सुरक्षा मन्त्रालयले यो तथ्याङ्क एक वर्षको भएको पनि जनाएको छ ।

चीनमा भएका कूल सवारी दुर्घटनाहरूमध्ये २०।७ प्रतिशत दुर्घटना मादक पदार्थ सेवा गरेर सवारी साधन चलाएकाले हुने गरेको तथ्याङ्क छ । चिनियाँ कानूनका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु अपराध हो ।