मनोरञ्जन

गायक आनन्द र अम्बिकाको ‘छली रहेछ’को लिरिकल भिडियो सार्बजनिक

काठमाडौँ । प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा बरिष्ट गायक आनन्द कार्कीको सुमधुर आवाजमा ‘छली रहेछ’ को लिरिकल भिडियो सार्बजनिक भएको छ । संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ । सयौ चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गजल ‘छली रहेछ’ सार्बजनिक भएको हो ।

अमेरिका निबासी बरिष्ट गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन् । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन् ।
भिडियो हेर्नुहोसः