प्रवास

गैरआवासीय नेपाली संघको उम्मेदवारी छनोटमै धाँधली, उम्मेदवारी दर्ता अनिश्चित

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा भागलिने मतदाता नामावलीमा धाँधलीभएको दावीका साथमतदातानामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ।

निर्वाचनकालागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन्।

उजुरीमा छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगनगर्न माग गरिएको छ। बुधबार संघको निर्वाचनप्रक्रिया सुरु भएपनिमतदातानामावलीको विषयमाउजुरी परेपछि निर्वाचनहुने नहुनेमै अन्यौल देखिएको छ।

मतदाता नामावलीमा धाँधली भएको दावीका साथ छानबिनका लागि परराष्ट्र मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ। मतदाता नामावलीमा धाँधली भएको दावीसहित उजुरी परेपछि बुधबार बिहान सुरु हुने भनिएको उम्मेदवारी दर्ता अनिश्चित बनेको छ।