आर्थिक

अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाण्डौ । अजोड इन्स्योरेन्सले ३० लाख कित्ता शेयर प्रति शेयर एक सय अंकित दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

अजोड इन्स्योरेन्सको अधिकृत पूँजी रु.१ अर्व, जारी पूँजी रु.१ अर्व र चुक्ता पूँजी रु.७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्व हुनेछ ।