प्रवास

नेकपाबाट एनआरएन अध्यक्षका प्रत्याशी पन्तमाथी जर्मन प्रहरीको निगरानी, आचार्यको विजय निश्चित

काठमाडौं । गैरआवासीय नेपाली संघको ९ औ महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्धार कुमार पन्तमाथी जर्मन प्रहरीले निगरानी गरिरहेको खुलेको छ ।

उनिमाथी कर छलि तथा मानव तस्करीको आरोपमा निगरानी बढेकाले कुनै पनि बेला पक्राउ पर्न सक्ने सुचना जर्मनबाट प्राप्त भएको हो ।

गैरआवासीय नेपाली संघका आइसीसी सदस्य छत्र श्रेष्ठलाइ जर्मन प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेपछि कुमार पन्तमाथी समेत प्रहरीले निगरानी बढाएको हो।

श्रेष्ठले एनआरएनएका केहि उच्च अधिकारीको मिलेमतोतमा करिब एक हजार नेपालीलाइ गैरकानुनी रुपमा जर्मन हुदै स्पेन पोर्चुगल तथा इटाली लगाएतका युरोपीयन मुलुकका पुर्याएएको खुलेपछि केहि महिना पहिले जर्मन प्रहरीले श्रेष्ठलाइ पक्राउ गरेको थियो ।

यो मानब तस्करीमा एनआरएनएका अध्यक्ष उम्मेद्धार कुमार पन्तको समेत संलग्नता रहेकाले उनि कुनैपनि बेला जर्मनबाट पक्राउ पर्न सक्ने उनि निकट स्रोतले बताएको छ ।

जर्मनी तलायत युरोपीयन मुलुकका होटल ब्याबसाय संन्चालन गरेका पन्तले मोरोक्कोइन महिलासंग नक्कली विबाह गरि जर्मनको स्थाइ बासीन्दा बनेका थिए ।

पन्त पक्षका १२ जना प्रतिनिधिहरु चुनाब भाड्न हिजो मात्र अदालत गएका थिए । प्रतिनिधि छनोट मिलेन भन्दै आफु हार्ने भएपछी उनीहरु अदालत गएको बताइएको छ ।

पन्तको फ्राङफट जर्मनीमा होटेल ब्यबसाय छ । एभरेष्ट होटलका संचालक समेत रहेका पन्तले होटल ब्याबसायबाटै अकुत सम्पती समेत कमाइसकेका छन्। उनले संन्चालन गरेको होटल ब्याबसाय समेत ट्याक्स छलिको कारण कुनै बेला फस्न सक्ने बताइएको छ ।

मिडियाडबलीका अनुसार, पन्तले नेपालमा अहिले सम्म कुनै पनि सामाजिक सहयोग र जर्मनीमा बसेका विद्यार्थी नेपालीहरुलाई पनि वास्था नगरेको गम्भीर आरोप लागेको छ ।
पन्तमाथी यस्तो आरोप लागेपछि लण्डनबासी स्वच्छ छवि भएका कुल आचार्यले निर्बाच जित्ने निश्चित देखिएको विश्वभरबाट काठमाण्डौको हायात होटल आएका प्रतिनिधिहरु बताउन थालेका छन् ।