समाचार

चियापानकै दिन आलमलाई पक्राउ गरेर ओली सरकारको अहमताः प्रवक्ता शर्मा

काठमाण्डौ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले रौटहट क्षेत्र नम्बर २ का काँग्रेस साँसद मो. अफ्ताव आलमलाई नेकपा दुईतिहाई मतको सरकारले काँग्रेसको चियापान कार्यक्रमकै दिन पक्राउ गरेर सरकाचरको अहमता देखाएको बताएका छन् । उनले असन्तुष्टी व्यक्त गर्दै काँग्रेस लाचार हुनुको फाईदा नेकपा सरकारले उठाएको भन्दै अब कुन काँग्रेस नेतालाई पक्राउ गर्ने हो भन्ने जानकारी दिन ब्यङ्ग्यात्मक रुपमा बताएका छन् ।

नेता शर्माले चन्द्रनिगाहपुरमा काँग्रेसले सरकारको बिरोध गर्ने घोषित कार्यक्रम नै भएको बताउँदै कमजोरीको फाईदा उठाउने सरकारलाई धन्यबाद दिनैपर्ने बताएका छन् । आईतबारमात्र रौतहट प्रहरीले नेपाली काँग्रेसका नेता तथा साँसद अफ्ताव आलमलाई पक्राउ गरी १२ बर्ष अगाडी भएको बम काण्डमा घाइते भएका १४ जनालाई ईटाभट्टामा हाली मारेको अभियोगमा हिराशतमा राखेर अनुसंधान गरिरहेको छ । यसै घटनामा प्रवक्ता शर्मा नेकपा सरकारसंग आक्रोशित भएका हुन् ।

शर्माको स्टाटस्ः “चन्द्रनिगाहपुरमा विरोध गर्ने हाम्रो घोषित कार्यक्रम नै थियो तर सासंद अबताफ आलमलाई पक्राउ त्यो पनि हाम्रो चियापान कार्यक्रमकै दिन। यो सरकारको अहमता हो। हामी लाचार हुनुको फाईदा सरकारले उठाएको छ यसमा सरकारलाई धन्यवाद दिनै पर्छ। अब कसको पालो जानकारी दिएर मात्र पक्राउ गर्नु। जने ।”