खेलकुद

नेपाली क्रिकेटमा खुशीको कुराः आईसीसी ले गर्यो क्यान निलम्बन फुकुवा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी ले नेपाल क्रिकेट संघ क्यान को निलम्बन सशर्त फुकुवा गरेको छ । बईमा सोमबार सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । तर, आईसीसीले शर्तहरु भने खुलाएको छैन ।

यस्तै आईसीसीले जिम्बावेमाथि लगाएको निलम्बन समेत सशर्त फुकुवा गर्ने निर्णय गरेको छ । दुबईमा सकिएको आईसीसी बोर्डको बैठकले जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरेको छ आईसीसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आईसीसीले क्यानको प्रगतिलाई ध्यानमा राख्दै सदस्यता प्रदान गरेको बताएको छ । नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब क्रिकेट एसोसिएसन अफ नेपाललाई सदस्यता मापदण्डको पूर्ण पालना गर्न सहयोग गर्ने र एउटा योजना तयार गरिनेछ आईसीसीका चियरम्यान सशांक मनोहरले भनेका छन्, जसमा वित्तीय कोष पनि समावेश हुनेछ ।

आईसीसीले निलम्बन गरेको साढे ३ वर्षपछि क्यानलाई फुकुवा गरेको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो । तर, आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वको निर्वाचन गर्दै नयाँ कार्यसमिति चयन गरेपछि क्यान फुकुवा भएको हो ।

काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो । यस अघि नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो । नेपाली क्रिकेट विवा सोहि विधानमा आधार हुँदै क्यानको नयाँ नेतृत्व चयनको लागि निर्वाचन भएको थियो ।