राजनीति

राजनीतिलाई हत्या/बलत्कार/भ्रष्टाचार जस्ता अपराधको संरक्षण गर्ने थलो बनाइयोः नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले हत्या,बलत्कार,भ्रष्टाचार लगायतका अपराधलाई राजनीतिको पछ्यौरीले छोपेर सिंगो राजनीतिलाई बिकृतिको थलो बनाइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटर माफर्त नेता गुरुङले यस्तो बताएका हुन् ।

उनले जतिसुकै उच्च ओहोदाको भए पनि निश्पक्ष छानविनको लागि अपराधको आरोपी कानुनको कठघरामा उभिनै पर्नेमा जोड दिएका छन् । साथै उनले लोकतन्त्र भनेकै विधिको शासन भएको ट्वीटरमा उल्लेख गरेका छन् ।

उनको ट्वीटरः हत्या,बलत्कार,भ्रष्टाचार लगायतका अपराधलाई राजनीतिको पछ्यौरीले छोपेर सिंगो राजनीतिलाई बिकृतिको थलो बनाइरहेका छौं ।

जतिसुकै उच्च ओहोदाको भए पनि निश्पक्ष छानविनको लागि अपराधको आरोपी कानुनको कठघरामा उभिनै पर्छ। लोकतन्त्र भनेकै विधिको शासन हो।