अन्तर्राष्ट्रिय

एम्नेष्टीले राख्योः नाइजेरियालाई पत्रकारका लागि खतराको सुचीमा

एजेन्सी । एम्नेष्टी इन्टरनेश्नलले नाइजेरियालाई पत्रकारका लागि खतरापूर्ण राष्ट्रको सूचीमा राखेको छ । एम्नेष्टीले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा यस बर्ष मात्रै नाइजेरियामा १९ पत्रकार मारिएकाले खतरापूर्ण राष्ट्र रहेको जनाएको हो ।

उनीहरू सवै सुरक्षाकर्मीहरुद्धारा मारिएको एम्नेष्टीले जनाएको छ । पत्रकारको हत्याको सङ्ख्या अत्यन्त धेरै भएको भन्दै एम्नेष्टीले चिन्ता व्यक्त गरेको छ ।अधिकारवादी समूहहरूले पत्रकारको हत्या, आक्रमण र धम्कीले नाइजेरियामा प्रेस स्वतन्त्रताको अवस्था नाजुक रहेको पुष्टि हुने जनाएका छन् ।

“पत्रकार, ब्लगर र अधिकारवादीहरूलाई सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमार्फत् आवाज उठाउनु चुनौतीपूर्ण भएको छ,” एम्नेष्टीको नाइजेरिया निर्देशक ओसै ओजीझोद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

उनीहरुले लेख लेख्न, धारणा व्यक्त गर्न, समाचार सम्प्रेषण गर्न पनि धेरै डर मान्नु परेको र त्यो क्रम बढ्दो अवस्थामा रहेको निर्देशक ओसैले दावी गर्नुरेका छन् । नाइजेरियामा देखिएको यो अवस्था अनपेक्षित रहेको उनीहरूले बताएका छन् ।

उनीहरुले स्वतन्त्रता र पत्रकार तथा अधिकारकर्मीहरुको सुरक्षाका लागि सरोकारवालाहरुको ध्यान जानु पर्नेमा पनि जोड दिएका छन् । नाइजेरियामा विद्रोही समूह बोको हराम र सरकारी पक्षकाबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ भने सो बर्षेनी सयौँको ज्यान जाने गरेको छ ।