अन्तर्राष्ट्रिय

रूसी राष्ट्रपति पुटिन साउदी अरबमा

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब आएका छन् । उनि अहिले साउदी अरबको राजधानी रियादमा रहेको साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ । यो भ्रमणलाई उनको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उनले मङ्गलवार संयुक्त अरब इमिरेट् युएईको पनि भ्रमण गर्दैछन् ।

दुई अरबी मुलुकसँग राष्ट्रपति पुटिनले दुई पक्षीय साझा चासोका बारेमा छलफल गर्ने एजेण्डा रहेको अधिकारीहरुले जनाएका छन् ।

साउदी अरबमा पुटिनलाई गभर्नर राजकुमार फैसल विन बन्दर विन अब्दुलाजिज अल साउदले स्वागत गरेका थिए । रुसका राष्ट्रपति पुटिनको भ्रमणलाई साउदी अरबका विदेशमन्त्री अडेल अल जुविरले “ऐतिहासिक” भ्रमणको संज्ञा दिएका छन् ।

भ्रमणका क्रममा दुई पक्षीय कुनै सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।