प्रवास

काँग्रेसबाट कुल आचार्यले गरे टीमको घोषणा, महासचिवमा गुरुङ, उपाध्यक्षमा डा पौडेल

काठमाण्डौ । कुल आचार्यले भोलीबाट हुने भनिएको एनआरएनएको अधिवेशनमा उमेर्द्वारी दिन आफ्नो प्यानल घोषणा गरेका छन् । उनको प्यानलमा उपाध्यक्षमा डा केशव पौडेल, नरेन्द्र भाट र रबिना थापा छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ र कोषध्यक्षमा सोम साप्कोटा रहेका छन्। महिनादिन अगाडीबाट अमेरिका मै महासचिवको उमेर्द्वारी घोषणा गरेका डा केशव पौडेलले दुई उमेर्द्वार देखिएपछि जानकी गुरुङलाई महासचिवमा समर्थन गरी आफू उपाध्यक्ष बस्ने निर्णयमा पुगेको जानकारी गराए ।

जर्मनी बस्ने कुमार पन्तले नेकपा निकटबाट एनआरएनएको निर्बाचन लड्ने र लण्डन बस्ने कुल आचार्यले काँग्रेसबाट लड्ने स्पष्ट देखिएको छ ।

अध्यक्षका प्रत्याशी आचार्यले ज्ञान सील क्षमता आफ्नै देशमा भन्दै १० बुंदे घोषणापत्र जारी गर्दै मर्यादित र व्यवस्थीत रोजगारको लागी ६ बुंदे अबधारणपत्र सार्बजनिक गरेका छन् । सीपबिकास केन्द्य्रको स्थापना गर्ने, नागरिकताको बिषउमा संसदमा विचाराधिन रहेकोले नागरिकताको आधारमा पासपोर्ट उपलब्ध गराउन पहल गर्न, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न पहल गर्ने, दोहोरो करमुक्तीका लागि पहल गर्ने, आर्थिक र कुटनीतिक रुपमा अझै प्रभावकारी बनाउन योजना गर्ने, शेष घलेको कार्यकालमा अघि सारेका योजना कार्यान्वयन गर्ने, विदेशमा बसेका नेपालीलाई नेपाल्ी भाषा साँस्कृतिसम्बन्धी प्रबर्धन गर्न पहल गर्ने, नेपाल चिनौं अभियानअनतर्गतका कार्यक्रम गर्ने, नेपाल सरकारले घोषणा गरेका पर्यटनबर्ष २०२० लाई सफल बनाउन पर्यटन बोर्डसँग सहकार्य गरी अगाडी बढ्नेलगायतका योजना राख्दै समूह घोषणा गरेका छन् ।