राजनीति

साँसद आलमलाई बिनाशर्त रिहाई गर्न काँग्रेसको चेतावनी, आन्दोलन जारी

रौतहट । आईतबार जिल्ला प्रहरी कार्यालय रौतहटले १२ बर्ष अगाडी भएको बम बिष्फोटमा घाईतेहरुलाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका रौतहट–२ का साँसद मो. अफ्ताव आलमको पक्राउको विरोधमा आज रौतहटमा काँग्रेसले आन्दोलन गरेको छ । रौतहटका दुईवटा नगरपालीकाका मेयरसमेत संलग्न भएको उक्त आन्दोलनमा बर्तमान दुईतिहाई नेकपा नेतृत्वको भ्रष्ट सरकारले काँग्रेस नेता तथा सँसदलाई फसाउन खोजेको आरोप लगाउँदै बिनाशर्त रिहाई गर्न माग गर्दै आन्दोलन गरेको हो । 

प्रहरीले आईतबार ११ जनालाई जिउँदै जलाएको आरोपमा अनुसंधानका लागि भन्दै पक्राउ गरेपछि रौतहट तातेको छ । स्थानीय काँग्रेस नेताहरुले बिना शर्त काँग्रेस नेता आलमलाई नछाडे देशब्यापी आन्दोलन रौतहटबाटै शुरु हुने र सरकारलाई देखाईदिने दाबी गरेका छन् । आन्द्योलनमा निस्केको जुलुसले राजमार्ग बन्द समेत गर्ने भनेपछि ठूलो संख्यामा प्रहरी खटाईएको भएपनि पछि आन्दोलन शान्तीपूर्ण भएपछि प्रहरी ब्याक हटेको थियो ।

उनीहरुले आलमलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने समेत बताए ।