आर्थिक

माछापुच्छ्रे बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । माछापुच्छ्रे बैंकको २१ औँं वार्षिक साधारण सभा असोज २४गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६को बार्षिक प्रतिबेदन पारित गर्नुकासाथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्ता पूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश  प्रदानगर्ने प्रस्ताव पारित गरेको छ ।साथै, साधारणसभाले माछापुच्छ्रे बैंक  र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदानगर्ने निर्णय पनिगरेको छ ।

बैंकले गतआर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा२ अर्व ४५ करोड रुपंैया संचित छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमाआफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानवाट ७लाखभन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर १६२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।