समाचार

अस्पतालको बिकृति हटाउन डा केसीको ११ दिने अल्टिमेटम्, बिकृति नहटाइए सरकार विरुद्ध अनशन बस्ने चेतावनी

काठमाण्डौ । शिक्षण अस्पतालका आवाशीय चिकित्शक प्रा. डा. गोबिन्द केसीले कात्तिक १३ गतेबाट अनशन बस्ने घोषणा गरेका छन् । झण्डै डेढ दर्जन पटक अनशन बसिसकेका डा केसीले अस्पतालमा डिन नियुक्ती प्रणालीमा राजनीतिक भागबण्डाको अन्त्य हुनुपर्ने, जनताको ढाड सेक्नेगरी रकम अशुल्ने मेडिकल कलेजका संचालकलाई कारबाही हुनुपर्ने, ओयोगले दोषी देखाएकालाई कारबाही हुनुपर्ने भन्ने आफ्ना मागमा पटक पटक सहमती हुने तर कार्यान्वयन नहुने कुरालाई मध्यनजर गर्दै कार्यान्वयनका लागि आफू अनशन बस्नुपर्ने बाध्यता भएको बताएका छन् ।

डा केसीले स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायत सरोकारवालालाई आफूसँग भएक विगतका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै ११ दिनको अल्टिमेटम समेत दिएका छन् । उनले कात्तिक ८ गतेसम्मका लागि समय दिएका छन् भने त्यतिबेलासम्मपनि सम्झौता कार्यान्वयन नभए १३ गतेबाट आफू अनशन बस्न बाध्य हुने उनको दाबी छ ।