समाचार

बलात्कार आरोप लागेका महरालाई अस्पतालमै बयान लिने तयारी, रोशनीलाई न्याय दिलाएर छाड्ने प्रहरी दाबी

काठमाण्डौ । निबर्तमान सभामुख कृष्ण बहादुर महराको अस्पतालभित्रै बयान लिने प्रहरी तयारी छ । अघिल्लो आईतबार सभामुख निवास बालुवाटारबाटै काठमाण्डौ प्रहरीबाट पक्राउ परेका महरालाई सिंहदरबार प्रहरीको हिराशतमा राखिएपनि उच्च रक्तचाप, सुगर र बाथ रोगका कारण नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

मंगलबार महरालाई प्रहरी कार्यालय ल्याएर बयान लिने बताएको भएपनि डाक्टरहरुको सल्लाहमा अस्पताल बाहिर लाँदा समस्या हुने बताएइपछि प्रहरीले अस्पतालमा नै डाक्टरको रोहबरमा बयान लिने आन्तरिक तयारीमा प्रहरी जुटेको छ ।

संसद सचिवालयकी नर्श कर्मचारी रोशनी शाहीलाई रक्सी पीएर बलात्कार र कुटपीट गरेको आरोप लगाँउदै नयाँबानेश्वर प्रहरीमा उुजुरी पाएपछि दशैंछेक पक्राउ परेका महराको सभामुख पदमाट राजीनामा दिएपछि सकिएको छ भने उनको संसदबाट पाउने सेवा सुविधा समेत काटिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अधयक्ष पुष्पकमल दहाल, गृहमन्त्री रामबहादुर थापा लगायतले महराको बिषयमा छानबिन गरी आवश्यक कारबाही गर्न निर्देशन प्रहरीलाई दिईसकेका छन् । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उनलाई पक्राउ गरेपछि बयानका बेला बिदेशतिर हिँडेका छन् । बलात्कारको आरोप लागेकी रोशनी शाहीले आफूलाई प्रहरीले दबाब दिएर निबेदन् हाल्न लगाएको र उक्त बलात्कार आफूमाथी हुंदै नभएको भन्दै कुरा पुनः फेरकी छन् ।

महरा रोशनीके काठमाण्डौको तीनकुनेस्थीत कोठामा गई रोशनीमाथी बलात्कार र कुटपीट गरेको आरोप छ । प्रहरीले फुटेको चश्मा, जुत्ताको तलुवा लगायतका महराका सामाग्रीहरु रोशनीको कोठाबाट बरामद गरेको छ । महरा जेल जाने वा नजाने अदालतको आदेशमा निर्भर हुने भएपनि प्रमाण जुटाउने र साँच्चै नै अन्यायमा परेकी भए रोशनीलाई न्याय दिलाउने कार्यमा प्रहरीले कुनै कशर बाँकी नराख्ने अनुसंधान कर्ता प्रहुख काठमाण्डौ प्रहरी प्रमुख उत्तमराज सुबेदीले बताएका छन् ।