राजनीति

सी जीनपीङले यसरी भेटे सबैभन्दा पहिला सभापति देउवालाई !

काठमाण्डौ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र चिनियाँ राष्ट्रपति सीजीनविङबीच शनिबार भेटवार्ता भएको छ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस र चीनीयाँ कम्युनिष्ट पार्टबीचको सम्बन्ध पुरानो भएको र यो सम्बन्धलाई अझै प्रगाढ बन्न राष्ट्रपति सी जीनपीङको भ्रमणले थप बल पुग्ने विश्वाश लिएको बताए ।

उनले जियाङ जेमिनसँग आफू प्रधानमन्त्री हुँदा भेटेको स्मराण गराउँदै अहिले भएको चीनको राष्ट्रपतिको भ्रमणले नेपाल र चीनबीचको नयाँ उचाईमा पुग्ने विश्वाश लिएको बताएका थिए । देउवाले ब्यापार, उर्जा र पर्बाधार लगायतका क्षेत्रमा दुबै देशलाई फाईदा हुनेगरी समझौत हुनेमा आफू आशाबादी रहेको जनाएका छन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत बिशिष्ट ब्यक्तीहरुले स्वागत गरी शितल निवास पुगेका चिनियाँ राष्ट्रपति सी जीनपीङले सभापति देउवालाई सबैभन्दा पहिले भेटेर औपचारिक कुराकानी गरेका थिए ।

दुईदिने भ्रमणका लागि हिजो अपरान्ह सवा ५ बजे काठमाण्डौ आएका जीनपीङआज केहीबेरमा बेईजीङ फर्किने कार्यक्रम छ ।