साहित्य

झापाको दुर्गापुरमा सन्ध्याकालिन कविता, कविहरुले यसरी तताए माहौल

झापा । दुर्गापुर झापामा सन्ध्याकालिन कविता वाचन कार्यक्रम सम्पन्न सम्पन्न भयो । झापा स्थित कविहरुले धर्मेन्द्र नेम्बाङ, रेगिस्तानी कवि तिर्थ संगम राई, बच्चु हिमाँशु, कुकुर कवि संगम सुहाङ, लिम्बुवान स्प्रिङ, आन्दोलनका कवि इक्शाहाङ, चेम्जोङले आआफ्नो कविता सुनाएका थिए । साहित्य कला सौन्दर्य साौन्दर्य, सिर्जना माथि बिसद विमर्श भएकौ उक्त कार्यक्रमको अध्यक्षता इक्शाहाङ चेम्जोङले गरेकमा थिए ।

उक्त कार्यक्रममा तिर्थ संगम राईको दाजु सहिद भाउजू पर्देशी, छापामार योद्दा डायरी, समापन, छोरि र देश, आधा शताब्दी बाँचीरहेको मान्छे, प्रेमको सौन्दर्य, कुक्कुर कवि संगम सुहाङले म र लिम्बुवानी माटोका कथा, बच्चु हिमंशुको गाउँ नामक कविताहरु बाचन गरेका थिए ।

उक्त कविता माथि समालोचक धर्मेन्द्र नेम्बाङले समालोचना गर्दै ६० लाख नेपालीहरु बाहिर रहेको मध्ये तिर्थ संगम राईले कतारिय बिम्ब, प्रतीक, शब्दहरुलाई नेपालीमा ल्याएकाले उनको नेपाली साहित्यमा छुट्टै अतुलनिय योगदान रहेको चर्चा गर्दै आफ्नो आम्बा भन्नू हुन्थ्यो कविता पनि सुनाएका थिए ।