समाचार

चिनियाँ राष्ट्रपति सी जीनफीङ काठमाण्डौमा, समकक्षी भण्डारीले गरिन् स्वागत्

काठमाण्डौ । नेपाल भ्रमणमा केहीबेर अगाडी भारतको चेन्नेइबाट उडेका चिनियाँ राष्ट्रपति सी जीनफीङ काठमाण्डौ बिमानस्थलको अतिबिशिष्ट कक्षमा अवतरण गरेका छन् र राष्ट्रपति सीलाई नेपालकी राष्ट्रपति बिद्यादेवी भण्डारीले स्वागत गरेकी छन् ।

स्वागतका लागि अन्तर्राष्ट्रिय बिमानस्थल पुगेकी भण्डारीले समकक्षीको हैशियतले उनलाएै स्वागत गरेकी हुन् । अब सोझै राष्टपति सी सोल्टी होटल जाने कार्यक्रम छ । सी को स्वागतका लागि बिमानस्थलदेखी तीनकुने, नयाँबानेश्वर, माईतीघर, त्रिपुरेस्वर, कालीमाटी हुंदै सोल्टी होटल सम्म नै कर्मचारीहरु तैनाथ छन् । काठमाण्डौको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

सोल्टी होटलमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दहाललगायतका बिशिष्ट ब्यक्तीहरुसँगको भेटपछि आईतबार ११ बजेपछि राष्ट्रपति सुी बेईजिङ फर्किने कार्यक्रम छ ।