पु.समाचार

महरा निर्दोश छन्, मलाई प्रहरीले दबाब दिएर निबेदन लेख्न लगायो: बलात्कार पीडित शाही

काठमाण्डौ । कृष्ण बहादुर महराबिरुद्ध नयाँबानेश्वर प्रहरीमा आफूलाई रक्सी पीएर बलात्कार गरी कुटपीट गरेको आरोप लगाउदै उजुरी गरेकी संसद सचिवालयकी नर्श कर्मचारी रोशनी शाहीले आफूलाई प्रहरीले जबरजस्ती निबेदन लेख्न लगाएको बताएकी छन् । उनले हुरुमा आफूलाई बलात्कार गरी कुटपीट गरेको भन्दै अनलाईन मिडियामा अन्तरवार्ता दिएकी थिईन् भने पछि उक्त अन्तरवार्तालाई गलत भन्दै पुनः अन्तरवार्ता दिएकी थिईन् । कृष्ण बहादुर महराले बलात्कार गरेको आरोप लगाउँदै दिएको अन्तरवार्ता केहीदिनपछि फेर्दै आफू र महराबीचको सम्बन्ध बाबुछोरीको जस्तो भएको बताएकी भएपनि पछि पुनः महराबिरुद्ध निबेदन दिएकी थिईन् ।

महरा सभामुखबाट निलम्बन भईसकेका छन् भने साँसद सचिवालयले उनलाई यसअबधीको तलवभत्ता नदिने निर्णय गरिसकेको छ । अनामनगर प्रहरीको हिराशतमा रहेका महराला एक्कासी बिरामी परेपछि नर्भिक अस्पतालमा उपचाररतः छन् । उनी बिरुद्धमा प्रहरीले २८ गते अदालत खुलेपछि मुद्धा दर्ता गर्ने भनेको भएपनि प्रहरीको नियन्त्रणमा रहेका महराको पक्षमा पुनः अन्तिम विज्ञप्ती प्रकाशित गर्दै शाहीले महरा निर्दोस रहेको र उनलाई फसाउन प्रहरीले दबाब दिँदै आफूलाई निबेदन लेख्न प्रहरीले दबाब दिएको बताएकी छन् ।

पीडित शाहीलाई महरा निकटका मानिसहरुले दबाब दिई कुरा फेर्न लगाएको अनुमान महिला अधिकारबादीले लगाएका छन् ।
उनको विज्ञप्ती