समाचार

बस दुर्घटनामा ११ को मृत्यु ४० घाईते, मृतकको संख्या बढ्न सक्ने

काठमाण्डौ । आज दशैंको टीका थापेर काठमाण्डौ फर्किदै गरेको बस दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा ११ जनाको मृत्यु र ४० जना घाईते भएक छन् ।

सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेपछि उक्त क्षती भएको हो ।

जिल्ला प्रहरी कार्यालय,का अनुसार ५ जनाको घटनास्थलमै र एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । मृतकको संख्या बढ्न सक्ने प्रहरी दाबी छ ।