सामाजिक सञ्जाल

धनराजको आग्रहः चिनका राष्ट्रपति सि जिनफिङको भ्रमणका नकारात्मक टीप्पणी नगरौं

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले चीनका राष्ट्रपति सि जीनफीङको नेपाल भ्रमण स्वागतयोग्य भएको बताएका छन् । नेपाल आउँन लागेका सि जीनफीङलको बिरोध गर्नु राम्रो नभएको उनको दाबी छ । उनी भन्छन् सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी नगरौं ।

उनले भने, “चिनियाँ राष्ट्रपति सि जीनफीङ हामी सबै नेपालीको पाहुना हुनुहुन्छ। महामहिम सि जीनफीङ ज्युको आगनमा उहाँलाई भव्यताकासाथ स्वागत तथा सम्मान गरौं। पाहुनाको अपमान गरेर आफ्नै बेइज्जती नगरौं। सामाजिक संजालमा पनि महामहिम सि जीनफीङको भ्रमणका बारेमा नकरात्मक टिकाटिप्पणी नगरौं।”