राजनीति

समाजवादी र राजपाबीच पार्टी एकीकरण हुनैपर्छः अध्यक्ष यादव

सप्तरी । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण हुनुपर्नेमा जोड दिएका छन् । सप्तरीको राजविराजमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले यी दुई पार्टीबीचको एकीकरण गर्नु बाहेक विकल्प नभएको बताए ।

राजनीतिक विकल्पको रुपमा अब समाजवादी पार्टीमात्रै रहेको दाबी गर्दै उनले राजनीतिक विकल्पको रुपमा रहेको समाजवादी पार्टीसँग एकताका लागि समयमै विचार पु¥याउन राजपालाई आह्वान गरे । संविधान संशोधन गरेर मुलुकलाई निकास दिने जिम्मेवारी वर्तमान सरकारको रहेकोले संशोधनको विषयलाई गम्भीरतापूर्वक लिनसमेत उनले आग्रह गरे ।