समाचार

बहिस्कार गर्नेहरुतिर धनराज कडाः बरु गोली खान तयार छु तर दशैं मनाउन छाड्दिन

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले दशैं बहिस्कार अभियान चलाउनेहरुका बिरुद्धमा कडा अभिब्यक्ती दिएका छन् । उनले दशैंजस्तो मान्यजनबाट टीका लगाएर आशिर्बाद लिने पर्व गोली खान तयार भएको तर दशैं मनाउन नछाड्ने बताएका छन् । कुनै नेताले दशैं नमनाउन भन्दै हिँडेको तर राजा ज्ञानेन्द्रका हातबाट टीका थापेको स्मरण गर्दै दशैं बहिस्कार गर्नु गलत भएको विचार व्यक्त गरेका छन् ।

आज दशैंको टीकापछि द्वादशी हो, अझलै पूर्णिमासम्म आफन्त अग्रजका हातबाट टीका र जमरा लगाएर आशिर्बाद लिन बाँकी हुँदा बहिस्कारबादी सल्बलाएको मन नपराएर धनराजले कडा आक्रोश पोखेका हुन् ।

उनले भनेका छन्, ‘दशैं बहिस्कार कार्यक्रम पनि गरेछन्। दशैं पर्वमा मान्यजनबाट टिका लगाएर आशिर्वाद थाप्ने। यति राम्रो संस्कार कहाँ पाइन्छ? दशैं बहिस्कारवादीहरुको गोली खाना तयार छु तर दशैं मनाउन छाड्दिन। एकजना नेताले सेतामगुरालिले दशैं मनाउन हुँदैन भन्दै हिंडे तर ज्ञानेन्द्रबाट आफैंले टिका लगाएका थिए।’