आर्थिक

महालक्ष्मी विकास बैँकको १७.८९ प्रतिशत लाभांश

काठमाण्डौ । यस महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७५/७६ को नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुसार वासलात तयार पारेको छ ।

सोही विवरण अनुरुप यस संस्थाको संचालक समितिको बैठकले संस्थाको आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.८९∞ नगद लाभांश र ८∞ का दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारण सभाबाट पारित गरे पश्चात् वितरण गरिने छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।

महालक्ष्मी विकास बैंकको चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. ३२ अर्ब ५६ करोड निक्षेप संकलन गरी रु. २८ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको छ ।