राजनीति

सी चिनफिङ भ्रमण– प्रधानमन्त्री ओलीद्वारा काँग्रेस सभापति देउवा लगायतका बिशिष्टहरुसंग छलफल

काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल आयोजना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्टज्ञपतिको भ्रमणलाई कसरी राम्रो बनाउन र देशको हीतमा बनाउन सकिन्छ भन्ने हेतुले छलफल गरेका हुन् । सभापति देउवाले एकचीन नीतिको पक्ष लिदै दुई देशका हीतमा हुने सम्झौतहरु गर्न सल्लाह दिएको स्रोतको दाबी छ ।