राजनीति

चीनका राष्ट्रपति आउनु खुसीको कुरा तर सरकारको स्वागत शैली पञ्चायती भयोः नेता घिमिरे

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरुराज घिमिरेले नेकपा नेतृत्वको दुईतिहाई नेपाली जनतालाई किरा फट्याङ्ग्रा सरह ब्यबाहार गरेको बताएका छन् । नेता घिमिरेले सरकार चरम सामन्तबादी भएको आरोप लगाउँदै ठूलो मान्छे अथवा शक्तिशाली व्यक्ति आफ्नोमा आउँने हुँदा गरिबले घर सिंगारे झैं गरिरहेको छ भन्दै चीनका राष्ट्रपतिलाई आवश्यक्ताभन्द्या बढी महत्व दिएकोमा रुष्ट देखिएका छन् । उनले, पाहुनालाई राम्रो स्वागत गर्ने हाम्रो बैदिक सनातन परम्परा हो। तर जनताका भावनालाई कुल्चनु आसुरी र अधिनायकवादी प्रवृत्ति हो भनेका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्,

“ठूलो मान्छे अथवा शक्तिशाली व्यक्ति आफ्नोमा आउँने हुँदा गरिबले घर सिंगारे झैं गरिरहेको छ बर्तमान सरकार। यसबाट गरिवी कहाँ छोपिन्छ र ! यो भन्दा चरम सामन्तवादी मानसिकता अरू के हुन सक्छ ? जनतालाई किरा फट्याङ्ग्रा सरह ठानेर उसका दुःखलाई वेवास्ता गर्ने र शक्तिको पुजा गर्ने प्रवृत्तिको ज्वलन्त दृष्टान्त हो यो। पाहुनालाई राम्रो स्वागत गर्ने हाम्रो बैदिक सनातन परम्परा हो।तर जनताका भावनालाई कुल्चनु आसुरी र अधिनायकवादी प्रवृत्ति हो।यहि चरित्र प्रदर्शन गरिरहेछ वर्तमान सरकार !”