समाचार

राष्ट्रपतिको भ्रमण अगाडी च्यातिए ब्यानर, प्रहरी भन्छ जंड्याहाले च्याते, सर्बसाधारण पत्याउँदैनन्

काठमाण्डौ। चिनियाँ राष्ट्रपति सि जिनपीगंको भ्रमण हुनुभन्दा दुइदिनअघि सजाएर राखिएका ब्यानर च्यातिएका छन् । ब्यानर च्यात्ने दुईजनालाई काठमाण्डौ प्रहरीले पक्राउ गरेको पुष्टी महानगरीय प्रहरी प्रमुख शैलेश थापा क्षत्रीले बताएका छन् ।
चिनियाँ राष्ट्रपतिकोराजकीय भ्रमण तयारी हुनुभन्दा अगाडी ब्यानर ज्यात्ने को हुन् त भनी काठमाण्डौ जिल्ला प्रहरी कार्यालयका डीएसपी हबिन्द्र बोगटीलाई सोध्दा उनले एकजना दुईजनालाई हिराशतमा लिईएको स्वीकार गर्दै दुईमध्ये एकजना मापासे गरेको जंड्याहा भएको बताएका छन् । थप एकजनाको भने अनुसंधान भईरहेको उनको भनाई छ । ब्यानर च्यातिएको भागलाई हेर्दा उक्त ब्यानर जडियाले नभई सुनियोजित रुपमा च्यातिएको अनुमान प्रत्यक्षदर्शीले लगाएका छन् । उदयपुरका गोकुल सार्की, २० बर्षको केटा राजकुमार ठाकुरले च्यातेका थिए । गोकुल शार्की रक्सी पीएर बााटोमा सुत्ने मान्छे भैको डिएसपी बोगटीको दाबी छ । अर्का ठाकुर भने च्यातिएको स्थानमा सामान्य सहयोग गर्नेमात्र भएको उनले बताए । पक्राउ परेकाहरुको इन्टेन्सन सामानय भएको पनि डिएसपीको दाबी छ ।
शनिबार नेपाल भ्रमणको मिति तय गरेका चिनका राष्ट्रपतिको भ्रमण अगाडी तयारी गरि बनाईएका ब्यानर च्यातिदा सामाजिक संजालमा ब्यापक बिरोधहरु आईरहेका छन् ।