समाचार

डा आचार्यको प्रश्नः विदेशी आउँदा लम्पसार पर्दै रातारात सडक बनाउने ओली सरकार अरुबेला के हेर्छ?

काठमाण्डौ । संबिधानविद डा भीमार्जुन आचार्यले शक्तीसाली विदेशी पाहुना आउँदा सडकलाई रातारात काँचुली फेर्नसक्ने सरकारले अरुबेला देशका बिग्रीएका सडकको बारेमा बेवास्ता गरेकोमा आक्रोश पोखेका छन् ।

डा आचार्यले काठमाण्डौको चावाहील जोरपाटी सडकको उदारहण दिँदै नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारले नेपाली जनतालाई कार्यकर्ता सम्झेको, देश र जनताप्रति जपाफदेही हुन नसकेको बताएका छन् । उनले विदेशीका अगाडी हातखुट्टा पसार्ने सरकार नेपाली जनताको हुन नसक्ने दाबी पनि गरेका छन् ।

उनले स्टाटसमार्फत भनेका छन्,
“धनी राष्ट्रको पाहुना आउँदा रातारात हुन सक्ने काम अरू समयमा किन हुन सक्दैन? चाबहिल जोरपाटी सडक कै अवस्थालाई लिऊँ । कुन हालतमा त्यो सडक छ आज ? यो त सरासर जनतालाई नटेरेको कुरा हो। जनताप्रति कुनै जवाफदेहिता नरहने, जनतालाई टेर्नु पनि नपर्ने, जनतालाई आफ्ना कार्यकर्ता भन्दा फरक नदेख्ने तर विदेशी नामको जेसुकै चीज भएपनि उसका अगाडि हातखुट्टा नै पसार्ने शासक कसरी जनताका हुन सक्छन् ? पाहुनाको सत्कारको प्रश्न होइन, त्यो गरौ। प्रश्न प्रवृत्तिको, आखिर कहिले सम्म यस्तो ?”