प्रवास

प्रधानमन्त्री–लगाईदिए टीका, एनआरएन अध्यक्षका प्रत्याशी पन्त देखिए बढी सकृय

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा मंगलबार अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासहित मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई बडादशैँको टीका लगाइदिए ।

पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता, सुरक्षा निकायका पदाधिकारी, सरकारी कर्मचारी र सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गरे ।

यसैबीच आउदै गरेको ग्ररआवाशीय नेपाली संघको निर्बाचनमा अध्यक्षमा उमेर्द्वारी गरेका एनआरएनका उपाध्यक्ष कुमार पन्तको टीका लगाउने स्थमनमा निकै नै सकृयता देखिएको थियो । नेकपा निकट भनेर चिनिने पन्तले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गर्नु अनुपर्युक्त नभएपनि राजीतितिर बढी सकृयता देखाउनु राम्रो नभएको एनआरएनका एक सदस्यले सुर्यखबरलाई बताए ।